×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, १६५ जनाभन्दा बढी सहभागी

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागी थियो । 
सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: