×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा, तामाङ, राई र भुजेलद्वारा उद्घाटन

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते १०२ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कटवाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: