×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिटान्स कारोबार सम्बन्धी सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिटान्स कारोबार सम्बन्धी सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवा (eSewa) बीच रेमिटान्स कारोबार सुरु भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवा (eSewa ) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७,००० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ । ईसेवाबाट तपाँइले मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी ,रिचार्ज ,हवाइजहाज ,बसको टिकट ,स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: