×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डीडीसीमा ‘घोटाला’को फलोअप : तत्कालीन ‘दुध-चोर’ महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालिन महाप्रबन्धक गङ्गा तिम्सिनासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनी डीडीसीमा रहंदा नै संस्थामा ठूलो घोटाला रहेको खबर अर्थ सरोकार डटकमले ‘ब्रेक’ गरेको थियो भने हाकिमले संस्थाको दुध चोरेको ‘भिडियो’ पनि अर्थ सरोकारले सार्वजनिक गरेको थियो । अख्तियारले कर्मचारीविरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ र वितरक गोकुल फुयालविरुद्ध २२ लाख १९ हजार र प्रभु आदित्य विजनेस प्रालिका ३ जनाविरुद्ध जनही २४ लाख ५९ हजार रुपैयाँ विगो दावी गरेको छ ।

अख्तियारले तत्कालीन महाप्रबन्धक गंगा तिम्सिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ भने दूध वितरण गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाल र प्रभु आदित्य विजनेस प्रालिका फणीन्द्रप्रसाद दाहाल, दीपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यो पनि पढ्नुहोस्
डीडीसीमा घोटाला – ४, घ्यू बेचेको ३ करोड रुपैयाँ कर्मचारीले कुम्ल्याएको पुष्टी, ‘दुध-चोर’ हाकिमको पनि मिलेमतो !

गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिसँगको मिलेमतोमा टेण्डर नगरी आफुखुशी ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी अस्वाभाविक बढी भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ ।  यता प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभागसमेतको सिफारिस राय विपरीत २०६९ असोज २२ गतेको सम्झौतामा प्रतिलिटर ढुवानी मूल्यमा ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी दुग्ध विकास संस्थानलाई हानि नोक्शानी पुर्याएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।
हेर्नुहोस् तत्कानीन महाप्रबन्धकका लागि चोरिंदै गरिएको दुधबारे अर्थ सरोकारको भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: