×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दीगो विकास लक्ष्य हासिल गर्न सरकारले सबै क्षेत्रसँगको साझेदारीमा जोड दिएको छ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको पनि बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: