स्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले घटेर प्रति तोला ७१ हजार मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal