गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारी संस्थाबीच गरिमा रेमिट सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौँ - स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ ।

असोज १० गते गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउ२ेश्यीय सहकारी संस्थालि.को तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि आमा बहुउ२ेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिट मार्फत रकम पठाउन र भुक्तानी गर्न सकिने भएको गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाएका छन् ।
प्रकाशित मिति : Sunday, September 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal