आइतबार घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ७० हजार मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Monday, September 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal