बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ७१ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५८ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal