शुक्रबार घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ७० हजार २ सय मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, September 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal