जनता बैंकले गर्यो १२% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं - जनता बैंकले १२% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति २९१औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६% बोनस सेयर र ६% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँ बराबरको बोनस र ४८ करोड ४७ हजार १५५ रुपैयाँनै नगद लाभांश वितरण गर्नेछ । 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal