×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता क्यापिटलको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ ।
जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको कार्यकारी सञ्चालक विश्व सुवेदीले जनाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: