×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा ‘जंगे ग्याङ’को ‘ठगी साम्राज्य’ : आफ्नै घरमा अर्थ मन्त्रालय, ट्वाइलेटमा राष्ट्र बैंक, आफैं गभर्नर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कैलालीमा ‘जंगे ग्याङ’को ‘ठगी साम्राज्य’ : आफ्नै घरमा अर्थ मन्त्रालय, ट्वाइलेटमा राष्ट्र बैंक, आफैं गभर्नर !

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने सञ्जय शमशेर जंगबहादुर राणा भन्ने सञ्जय राणा । कतिपयले उनलाई जंगे पनि भन्ने रहेछन् । गोप्य सूचनाका आधारमा प्रहरीले गरेको सर्च अपरेशन पछी उनी पक्राउ परेका छन् । कैलाली प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीलाई कैलाली बोलाएर गरिएको अपरेशन पछि अन्तत: उनी प्रहरीको फन्दामा परे । 
ट्वाइलेटमा राष्ट्र बैंक, आफैं गभर्नर ! 
उनले एक घरको अट्याच कोठाको ट्वाइलेटमा राष्ट्र बैंकका नक्कली कागजात, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छाप प्रहरीले फेला पारेको छ । राणाले स्थानीय सरकारदेखि केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छापसमेत नक्कली प्रयोग गरेर ठगी धन्दा चलाएका रहेछन् । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय सिंहदरबार, नेपाल राष्ट्र बैंक शाखा कार्यालय बाँके, गभर्नर डा. चिरञ्जीवी नेपाल लगायतका नामका ३५ थान छाप पनि उनको ट्वाइलेटबाट बरामद गरिएको छ। विभिन्न बैंकका सक्कली र नक्कली गरी ३८ वटा खाली चेक र विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका चेक पनि प्रहरीले उनीबाट जफत गरेको छ ।राष्ट्र बैंकले रिलिज गरिसकेको बताउने २ अर्ब ९२ करोडका तीन थान नक्कली बैंक ड्राफ्टसमेत छापेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
तमसुकको खात, हातहतियारमा पनि संलग्नता !
उनीमात्र होइन उनका समूहका विभिन्न व्यक्तिहरुबाट चार थान पेस्तोल, ७ राउन्ड गोली र एउटा बटनवाला चक्कु समेत प्रहरीले बरामद गरेको छ। ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याग, चेस्ट नेमस्लेट, प्रहरीकै जुत्ता लगायतका सामानपनि उनीहरुबाट पक्राउ भएको छ । यस्तै प्रहरीले विभिन्न व्यक्तिको नाममा बनाएका १८ करोड ३ लाख ६४ हजार बराबरका २३ थान तमसुक र ६ सय ७९.३६ ग्रामका सुनका गरगहना पनि उनीहरुको समूहबाट बरामद गरेको छ। उनीहरुको समूह बैंकका कीर्ते कागजातमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ। विभिन्न बैंकले जग्गा उपर दिएका कर्जामा पनि उनको किर्ते कामको हात रहेको हुनसक्ने आशंकासमेत गरिएको छ । थप अनुसन्धान भइरहेको पहरीको भनाइ छ । 
सबैजसो बैंकका चेक बरामद !
उनको साथबाट प्रहरीले सबैजसो बैंकका चेक बरामद गरेको छ । धरै चेक भने ग्लोबल आइएमइ बैंकको रहेको पाइएको छ । ग्लोबल आइएमइ बैंकको शाखामा भएका पछिल्ला कर्जा प्रवाहमा पनि उनले गरेको किर्ते कामको हात रहेको हुन सक्ने शंका गरिएको छ । प्रहरीले उनको साथबाट कतिपय नक्कली चेक पनि बरामद गरेको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: