कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु


काठमाडौँ - काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीच व्यापार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजप्रा. लि.को तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको थियो ।

यस सम्झौताअनुसार इष्टर्न एजेन्सीज प्रा. लिमार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
प्रकाशित मिति : Thursday, September 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal