×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि बिकास बैंक ‘रकम लुट’ प्रकरण : ५ ह्याकरमध्ये ३ जना नेपाली, पक्राउ पर्नेमध्ये एक रेमिट्यान्सका कर्मचारी ! (नामावलीसहित)

काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको करोडौं रुपैयाँ आफ्नो खातामा जम्मा गर्ने ह्याकरहरुमध्ये ३ जना प्रहरीको फन्दामा परेका छन् । आफ्नो खातामा रकम ट्रान्सफर गरेर रकम झिक्ने पाँच जना प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ३ जना नेपाली रहेको प्रहरी स्रोतको भनाइ छ । ‘रकम ट्रान्सफर मात्र भएको हो । रकम झिकीसकिएको छैन । थप अनुसन्धान जारी छ । ठूलो परिमाणमा पैसा गायब भएको देखिन्छ, तर त्यो गिरोह को हो भन्ने विषयमा छानविन जारी छ। ‘ प्रहरी स्रोतले भन्यो ।
बैंकिङ क्षेत्रमा यस्ता घटना बारम्बार भइरहनुले नेपालको बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्न सक्ने जोखिम देखिएको छ । तर यस्ता घटना घटीसकेपछिमात्र थाहा हुने ट्रेन्डले झन् समस्या निम्त्याउन सक्ने जोखिम भएको जानकारहरु बताउँछन् । नेपालका एटिएमहरु ह्याक भएको केहि समय नबित्दै नेपाली बैंकिङ क्षेत्रमा अर्को ‘दुर्घटना’ भएको हो । 
यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट ३१ लाख नगदसमेत प्रहरीले बरामद गरेको छ । समयमै सबैलाई पक्राउ गरिएको हुँदा करिब १० करोड रुपैयाँ लुटिनबाट जोगिएको प्रहरीको भनाइ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: