×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितपुर फाइनान्सका सिइओ नै कालोसूचीमा ! कानुनी रुपमा सीइओ हुन ‘अयोग्य’, आफैँ पद छोड्लान् कि निकालिएलान् ?

काठमाडौँ । ललितपुर फाइनान्सका सीइओ सुरेन्द्र नुच्छे प्रधान नै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले कालोसूची नम्बर १४४४४ मा उनको नाम राखेको छ । बैंक तथा वित्तीय संस्थाको प्रमुख नै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको यो पहिलो उदाहरण हो । अव प्रमुख नै कालोसूचीमा पर्छन् भने त्यो संस्थालाई नीजले के न्याय गर्ला भन्ने गम्भीर प्रश्न उठेको छ ।
सीइओ पद रहला कि उनले छोड्नु पर्ला ? बाफियामा के छ ?
बैंक तथा वित्तीय संस्था ऐनमा कालोसूचीमा पर्ने व्यक्ति सीइओ हुन नपाउने व्यवस्था छ । तर सीइओ बहाल रहेकै अवस्थामा कुनै बैंक तथा वित्तीय संस्थाको प्रमुख कालोसूचीमा पर्यो भने के हुन्छ भन्ने स्पष्ट व्यवस्था छैन । तर नैतिक रुपमा भने उनले राजीनामा दिनुपर्ने जानकारहरु बताउँछन् । यता कानुनविद्हरु पनि कालोसूचीमा परेकाहरु सीइओ हुन नपाउने व्यवस्था बाफियामै भएकाले कालोसूचीमा परेका बखत सीइओ पदमा बहाल हुन नमिल्ने दावी गर्छन् । 
‘बाफियाले स्पष्टसँग कालोसूचीमा परेका व्यक्ति सीइओमा नियुक्त हुन नपाउने भनेको छ । यसको अर्थ कुनै पनि व्यक्ति कालोसूचीमा परेको छ भने उ कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीइओ हुन पाउँदैन भन्ने नै हो । वा उ अयोग्य हुन्छ भन्ने नै हो ।ललितपुर फाइनान्सको केस हेर्ने हो भने सीइओले नैतिक रुपमै राजीनामा दिनुपर्छ । नदिए राष्ट्र बैंकले निकालीदिनुपर्छ । होइन भने त सीइओ भईसकेपछी कालोसूचीमा पर्ने काम गरे भइहाल्यो नि !’ कानुनविद केके न्यौपानेले अर्थ सरोकार डटकमसँग भने ।
सीइओ भन्छन्, ‘मिलाउँदैछु, प्लीज न्यूजचाहीं नलेखीदिनुहोस्’
यता फाइनान्सका सीइओ प्रधानले आफुलाई कालोसूचीमा राखेको जानकारी आफुलाई भएको र यसलाई मिलाउन प्रयास गरिरहेको दावी गरेका छन् । ‘कालोसूचीमा राखीहालेछ, अव मिलाउन खोज्दैछु ।’ अर्थ सरोकार डटकमसँगको कुराकानीमा उनले भने । ‘अनि कालोसूचीमा परेको व्यक्ति सीइओ हुन पाइन्छ र ? बाफियाले रोक्दैन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘अँ त्यो रोक्छ, ठिक छ । म मिलाउँदैछु । तर यसलाई बाहिर न्यूजमाचाहीं नल्याईदिनुहोस् है ।’ ‘पब्लिक कम्पनीमा बस्ने, कालोसूचीमा पर्ने अनि बाफियाले स्पष्ट भनेको कुरालाई नमान्ने पनि हुन्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘तपाईंहरुको सहयोग यस्तै बेला चाहिने हो । सहयोग गरिदिनु पर्यो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: