एक महिना प्रयोग भएको एउटै धाराको महशुल १७ हजार ! 'लुट्न सके लुट' भनेको यहि हो कि !

उदयपुर । गायक पशुपति शर्माले एउटा गीत बनाएका थिए, 'लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइदैन, नेपालमै हो छुट ।' गीतले भनेजस्तै लुट उदयपुरमा भेटिएको छ । उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको नयाँ धाराको महशुल एकै महिनामा १७ हजार रुपैयाँ उठेपछि उपभोक्ता आश्चर्यमा परेका छन् ।

कटारी ३ का कैशालप्रसाद साहको खानेपानीको महशुल १७ हजार ४ सय २ आएको छ । त्यसैगरी कटारी ३ कै रुकमणी घिमिरेको नाममा रहेको बर्रेली होटल सञ्चालक पियुमती गिरीले सञ्चालन गर्दै आएको धाराको महशुल पनि १५ हजार २ सय ७४ रुपैयाँ उठेको छ ।

२८ सय ५० धाराको लक्ष्य रहेकोमा आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनि रहेका १ सय ८३ लाई निशुल्क धारा वितरण गरेको छ । यसरी बिल आएपछि सबैले विरोध त गरेका छन् तर तर आयोजनाले भने उठेको रकम तिर्नुपर्ने अडान छोडेको छैन । 


प्रकाशित मिति : Wednesday, September 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal