×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडको कार्ड प्रयोग गरी सामान खरिद गर्दा विशेष छुट पाइने !

काठमाडौं – माछापुच्छ्रे बैंकले बैंकको कार्ड प्रयोग गरी सामान खरिद गर्ने ग्राहकहरुलाई विषेश छुटको व्यवस्था गरेको छ । बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरिदमा कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको जनाएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको जनाएको छ ।
ग्राहक माहानुभावहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन ।
बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।
हालसम्म बैंकले १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: