×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकले गर्यो ११.७५% नगद लाभांश घोषणा !

काठमाडौँ – मेगा बैंकले सेयरधनीहरुलाई ११.७५% नगद लाभांश दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको २६२औँ बैठकले आव २०७५/७६ को संचित मुनाफाबाट ११.७५% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा नगद लाभांश बाड्नेछ। 
बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ ७२ पैसा रहेको छ । ११.७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा नगद लाभांशका लागि प्रस्ताव गरिएको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: