×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकारले उठाएको इस्यू प्रमाणित : हाथवेको प्राप्ति प्रक्रिया सकिएपछि मात्रै ग्लोबल-जनताले पाए मर्जरको एलओआइ !

काठमाडौं। ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल आपसमा हाथवे फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया चलिरहँदा गाभ्न वा गाभिन नमिल्ने कानुनी व्यवस्था भएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि अन्तत: अर्थ सरोकारले समाचारमा लेखेझैं हाथवेसंगको प्राप्ति प्रक्रिया सकिएपछीमात्र ग्लोबल र जनतालाई गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ। 
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई निर्देशन दिएपछि ग्लोबल र जनता मर्जरमा जान सहमत भएका थिए। तर हतारको काम लतार भनेजस्तै गरी नियम विपरित गाभ्ने गाभिने सम्झौता भएको थियो । अर्थ सरोकारले यस विषयमा कुरा उठाएपछि बैंकहरु औपचारिक प्रक्रियामा रोकिएका थिए ।
सम्झौता अनुसार अव मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: