एनसीसी बैंकको 'सिएसआर': अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग

काठमाडौँ - एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई बुधबार रु २५,४२,१९० (अक्षररुपि पच्चिस लाख बयालिस हजार एक सय नब्बे) आर्थिक सहयोग प्रदान गरेको छ । 

अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंककासञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरे। 
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal