×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच सम्झौता, बैंकका ग्राहकले समान खरिद गर्दा १५% सम्म छुट पाउने

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआर मार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने छन् । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने जनाइएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे । असोज महिनाको पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: