एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि सुरु, चुक्ता पूँजी ११ अर्ब ५१ करोड नाघ्ने !

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज ११ गते शनिबारदेखि हुने भएको छ । एनएमबि बैंकले असोज १ गते नै ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

यी दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए ।

राष्ट्र बैंकबाट पाएको अन्तिम स्वीकृतिसँगै असोज ११ गते एनएमबि बैंक कै नामबाट कारोबार हुने भएको छ। हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड पुग्नेछ ।
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal