ट्यालेन्ट हन्टका नाममा हुने मनपरी भर्तीमा राष्ट्र बैंकले लगायो रोक, आफ्ना मान्छेलाई बैंकमा भर्ती गर्नेहरु तनावमा !

काठमाडौ । 'ट्यालेन्ट हन्ट'का नाममा हुने मनपरी कर्मचारी भर्तीमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै यस्तो रोक लगाएको हो । 

'बैंक तथा वित्तीय संस्थाहरुले उत्कृष्ट कर्मचारी छनौट प्रकृयाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने ब्यवस्था गर्नु पर्ने छ।'  निर्देशनमा भनिएको छ ।

पछिल्लो समय ट्यालेन्ट हन्टको बहानामा आफ्ना मान्छेहरुलाई जागिर खुवाउने चलन बढेको थियो । जसका कारण विशेषगरी ठूलो पदमा जागिर खाने कर्मचारीहरुलाई पावर नै लगाउनुपर्ने अवस्था थियो ।   
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal