ऋण तिरेपछि धितो फुकुवा नहुने समस्या हट्ने भो, अव बैंकको ऋण तिरेको ५ दिनभित्र धितो फुकुवा हुने !

काठमाडौं । के तपाईं ऋण तिरेर पनि धितो फुकुवा नहुने तनावमा हुनुहुन्थ्यो ? यदी हुनुहुन्थ्यो भने तपाईं मात्र होइन तपाईंजस्ता धेरै यस्ता समस्यामा थिए । तर अव भने बैंक तथा वित्तीय संस्थाको ऋण तिरेको ५ दिनभित्रमा अब ऋण फुकुवा हुने भएको छ ।

ऋणीको पटक पटकको गुनासोलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था त थियो तर छिटो भनेको कति दिन हो भन्ने उल्लेख भएको थिएन । तर अव भने नेपाल राष्ट्र बैंकले तोकेरै ६ दिनभित्र धितो फुकुवा हुनुपर्ने नियम ल्याएको छ ।
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal