नबिल बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर १० प्रतिशत !


काठमाडौं - नबिल बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने  भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । 
प्रकाशित मिति : Tuesday, September 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal