×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिंदै, बोनस र नगद कति ?

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर, तिर्न २ करोड ३० लाख २१ हजार ६६८ रुपैयाँ नगद बाँड्नेछ । हाल यस लघुवित्तको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ । १५% बोनसपछि पुँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: