दशैंका लागि नयाँ नोट आजदेखि सटही गर्न पाइने, कहाँ - कहाँबाट पाइन्छ साट्न ?

काठमाडौं - नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)देखि नयाँ नोट साट्न सुरु गरेको छ ।  राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही गर्ने भएको हो । 

राष्ट्र बैंकका अनुसार सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही हुनेछ । नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन । 

नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ भने कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिनेछ ।
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal