तिनाउ र मिसनको एकीकृत कारोबारपछि कतिमा खुल्यो सेयर कारोबार?


काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबारको ओपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले मर्जरपश्चात बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको पहिलो शेयर कारोबारको लागि १६४ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको हो । उक्त रेञ्जमा आधारित रहेर मंगलबार बैंकको शेयर कारोबार खुल्नेछ। 

नेप्सेले बैंकको शेयर कारोबारको लागि छुट्टै कारोबार संकेत समेत दिएको छ । नेप्सेले बैंकको सेयर कारोबारको लागि टिएमडिविएल संकेत दिएको छ।  

प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal