प्रभु बैंकको नयाँ शाखा चितवनको कुरिनटारमा, शाखा सञ्जाल १९६ पुग्यो

काठमाडौँ - प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा सोमबारदेखि १९६औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले एक समारोहका बीच गरेकी हुन् ।

बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal