×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैँ बिदामा कहाँ – कहाँ खुल्दैछन् प्रभु बैंकका शाखा कार्यालय ?

 पालुङटार
काठमाडौं । प्रभु बैंकले दशैँ तथा तिहालाई लक्षित गरी विभिन्न २४ स्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ । बैंकले ग्राहकको सेवालाई ध्यानमा राखी उक्त स्थानबाट सेवा दिने तयारी गरेको हो । 
काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित शाखा कार्यालय खुल्नेछन् । जसमा मुख्य कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबु चोक, खिचापोखरी न्यूरोड, सुर्यविनायक, कोटेश्वर भाटभटेनि, कालीमाटी र बौद्ध शाखाले बैंकिङ सेवा दिनेछन् । यस्तै उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्यूरोड पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढीबाट बैंकिङ सेवा लिन सकिनेछ । 
असोज २१ गते अर्थात दशैंको दिन भने बैंकिङ सेवा बन्द हुनेछ । बैंकका अनुसार यस अवधिमा खुलेका बैंकहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा १ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न र ५० हजार रुपैयाँसम्म रेमिट्यान्सको कारोबार गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: