×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले मंगलबार बोलायो विशेष साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :

कम्पनी : प्राइम लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारणसभा 
हुने मिति : मंगबार (असोज ७ गते) 

विवरण :
प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर पारित गर्न मंगलबार (असोज ७ गते) विशेष साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो । कर तिर्न नगद लाभांश पनि दिनेछ । प्राइमले पनि आर्थिक वर्ष २०७५–७६ को लाभांश घोषणा गर्न बाँकी छ ।
सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गरेको छ । भदौ ३० गते कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । 

पेस हुने प्रस्तावहरु :
१२.५% बोनस सेयर
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो ३ बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १० रुपैयाँ ५४ पैसा
प्रतिसेयर नेटवर्थ : १७६ रुपैयाँ ७० पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: