×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर दिंदै, लाभांश अनुमोदन गर्न असोज ७ मा बोलायो विशेष साधारणसभा !

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले १२.५% बोनस सेयर दिने घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १२५ औं बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कर तिर्न नगद लाभांश पनि दिनेछ । लाभांश अनुमोदन गर्न कम्पनीले असोज ७ गते विशेष साधारणसभा समेत बोलाएको छ । सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ ।
इन्सुरेन्सले २२ करोड ३१ लख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल प्राइमको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा र बोनस सेयर सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: