प्रोग्रेसिभ फाइनान्सको १२ लाख ३३ हजार ७४३ कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं - प्रोग्रेसिभ फाइनान्सको १२ लाख ३३ हजार ७४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । फाइनान्सकेही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् । यस सेयरमा फाइनान्सका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । फाइनान्सको बिक्री ल्याएको संस्थापक सेयर सबै संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान हुनेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको ३५ दिन भित्र कम्पनीकोे केन्द्रीय कार्यालय तिनकुनेमा काठमाडौंमा के–कति सेयर खरीद गर्ने भन्ने विवरण बुझाउनुपर्नेछ ।
प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal