×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त

काठमाडौँ – पूर्णिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको २०२औं बैठकले असोज ९ गतेदेखि पूर्णिमा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोबार नहुञ्जेलसम्मका लागि सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्णिमा विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग एक्वीजिशनमा जानेबारे राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागबाट २०७६ बैशाख १६ गते प्रारम्भिक सहमति प्राप्त भएको र असार २७ गते दुबै संस्थाको विशेष साधारण सभाबाट पारित भई अन्तिम स्वीकृतिको क्रममा रहेको पूर्णिमा विकास बैंकका बरिष्ठ प्रबन्धक बद्रिकेदार श्रेष्ठले जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: