सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ७१ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको छ । 

यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ । 
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal