एटीएम ह्याक प्रकरण : संयोग, राज्यको कमजोरी वा वित्तीय संस्थाको लापरवाही ? सचिन्द्र श्रेष्ठको विश्लेषण

काठमाडौँ । अहिले नेपालमा जताततै एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय: बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् वा पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुनसुकै अवस्थामा जुन बेला पनि निकलन मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको छ । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ, यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ।

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आविष्कार गरेसँगै संसारभर सानो वा ठुलो देश जताततै फैलिएको छ। अहिले आएर एटीएमको सहजतासँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एबं बैंकिंङ सस्थाहरु लाग्नुपर्दछ। पटक-पटक हुने एटीएमको दुरूपयोग, ह्याकरहरुले ह्यकिंङ गरी एकबाट अर्को बैंक खातामा गर्ने कारोबार अहिले देश-बिदेशका बैंकिंङ सेक्टरलाई थप चुनौती खडा गरेको छ । जसका कारण मानिसले बैंक प्रति विश्वास क्रमशः गुमाउँदै आएको छ । किनकी आफुले जम्मा गरेर बचत गरेको रकम अन्यले लुट्ने वा चोरेर लैजान सक्ने समस्या भएको हुदा मानिस बैंकको भर पर्न छोडीसकेको छ । यसको पछिल्लो उदाहरण बिदाको अवसर पारी एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई,सनराइज बैंकजस्ता बैंकबाट चोरी गरीरहेको अवस्थामा ५ जना चिनियाँ नागरिक पक्राउ परेसँगै आम बैंक , वित्तीय संस्थाप्रति औँला उठाउने र प्रश्न गर्नेको ताती देख्न सकिन्छ।

एटीएम बाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन । बि. स.२०७३ साल कार्तिक जहाँ तिहार बिदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो । यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो । सन् २०१६ मा सेन्टर बैंक अफ बंगलादेशमा स्विफ्ट ह्यकिंग गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड़ अमेरिकी डलर चोरी गर्यो । प्राय ह्याकर संसारमा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रवाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्वभर बैंकिंङ प्रणालीमा रकम भुक्तानी सुविधा दिने स्विफ्ट बिस्वसिलो संस्था पनि हो । सन् १९७० बाट बिश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वर्ल्डवाइड इंटरबैंक फाइनानसियल टेलिकम्युनिकेशन ) प्रयोग गर्न थालिएको हो ।

उत्तर कोरियाली ह्याकर समुह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी ररुपैयाँ चोरी गरेको थियो । बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड़ रकम बराबर मात्र ह्याकर समूहले लिन सफल भएको थियो । यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनःढ़्याङग्रो ठटाउन बाध्य बनायो । आखिर बिस्वास गर्ने के को बैंक की राज्य जो दुबैबाट असुरक्षित छ । ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको पनि छ तर अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरवाही हो वा राज्यको कमजोरीले यस्ता घटना घटेका छन् भन्ने विषय रहेको छ आम मानिसमा । 

अन्त्यमा, चोरी गर्नेलाई पक्रेर वा केहि धरौटी लिई छोडिदिने जुन परम्परा छ नेपालको, त्यसको सदा अन्त्य गर्ने हुनुपर्छ । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ, त्यसलाई सोचेर एटीएम मार्फत हुने चोरी ठगीमा हामी पनि यसको प्रयोग कसरी गरेका छौँ र यसबाट हामीले कस्तो खालको लाभ लिन सकिने हो यसको सदुपयोग गर्ने की नगर्ने, जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफै लालायित त छैनौं ? यसतर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ता खालका अपराधबाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी ,आईटी बिशेषज्ञको आवस्यक छ त्यस तर्फ सोचेर कदम चाल्नुपर्ने देखिन्छ। अस्तु :
प्रकाशित मिति : Friday, September 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal