सगरमाथा इन्स्योरेन्सको बोनस सेयर पाउन अव सेयरधनीले के गर्ने ?

काठमाडौं - सगरमाथा इन्स्योरेन्सको बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुले बोनसमा लाग्ने कर रकम जम्मा गर्नु पर्नेछ । कम्पनीले गत असार १३ गते बसेको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८६% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । यही पारित भएको बोनस सेयर प्राप्त गर्नको लागि सेयरधनीहरुले बोनसमा लाग्ने कर तिर्न पर्ने हो । सेयरधनीले उक्त कर ग्लोबल आइएमई बैंकको खाता नं. ०१०१०१०००५२६४मा तिर्न सक्नेछन् । कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । 

बोनसमा लाग्ने करको विवरण www.globalimecapital.com / www.sagarmathainsurance.com वा कम्पनीको शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । यस्तै, कम्पनीले असोज २ गतेसम्म कर जम्मा गरिसकेका सेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ । हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीलाई पनि डिम्याट खाता खोल्न आग्रह गरेको छ । अनिमात्र बोनस सेयर सम्बन्धीत सेयरधनीको खातामा जम्मा हुनेछ ।
प्रकाशित मिति : Sunday, September 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal