सानिमा बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सानिमा बैंक 
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३१५ रुपैयाँ

विशेष साधारण सभा : असोज २९ गते 

विवरण :
सानिमा बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३१५ रुपैयाँ कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

सभामा पेस हुने प्रस्तावहरु :
११.०५२६% नगद र १०% बोनस सेयर दिने
कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने। 

सभा हुने स्थान र समय :
नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्ने
प्रकाशित मिति : Monday, September 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal