×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुल्ला, हेर्नुस् कति पायो ओपन रेञ्ज ?

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जर सम्पन्न भएपछिको पहिलो सेयर कारोबार सोमबारदेखि खुल्ला भएको छ । सप्तकोशी र काबेलीले असार २२ गते एकीकृत कारोबार गरेका थिए । मर्जरपछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट कारोबार खुलेको हो । 
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १४३ रुपैयाँलाई आधार मानेर खुलेको हो । यसको कारोबार संकेत ‘एसएपीडीबीएल’ तोकिएको छ । यसअघि यी दुई बैंकबीच मर्जर सम्झौता भएसँगै माघ ६ गतेदेखि सेयर कारोबार रोकिएको थियो । काबेली र सप्तकोशीले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: