×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४० कित्ता आइपिओ असोज १६ गतेदेखि आउँदै

आइपिओ नोटिस :
कम्पनी : शिव श्री हाइड्रोपावर
खुल्ला हुने मिति : असोज १६ गते
कित्ता : ३३ लाख ५१ हजार १४० कित्ता 
भर्ने अन्तिम मिति : असोज २४ गते
न्यूनतम कित्ता : १० कित्ता 
अधिकतम कित्ता : १० लाख  कित्ता 
विवरण :
शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४० कित्ता आइपिओ असोज १६ गतेदेखि आउने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । 
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । शिव श्री हाइड्रोपावरको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ हुन आउँछ ।

आवेदन दिन सकिने शाखाहरु :

सिद्धार्थ क्यापिटल, काठमाडौँ 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: