श्री लालीगुराँस सहकारीका पीडीतहरु एकै ठाउँमा, सञ्चालक भण्डारी भन्छन्, 'ऋण नतिर्नेलाई छोड्न सकिँदैन' (भिडियो)

काठमाडौँ । श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफुहरुलाई ठगेको भन्दै लेखनाथ पौडेल अर्थ सरोकारको कार्यालयमा आए । उनको पीडासहितको कार्यक्रम प्रशारण भएपछि केशब पुरी लगायत पनि मिडियामा आए । अन्त्यमा आफु पनि सहकारीबाट पीडीत बनेको भन्दै रामकृष्ण पौडेल पनि पत्रकार सम्मेलनमै आफ्नो गुनासो पोख्न आए । केहि समय अगाडी गरएको पत्रकार सम्मेलनका क्रममा आफुहरु लालीगुराँसको पीडीत बताउने सबैले संस्थाप्रति आक्रोश र गुनासो पोखे ।

सबैका कुरा सुनेपछि हामी लालीगुराँस सहकारीका संचालक सुरेन्द्र भण्डारीलाई भेट्न गयौं । हामीले उनीसँग पीडीतका गुनासोहरु राख्यौं । र उनले सबै पीडीतका एक-एक घटनामा आफ्नो प्रष्टिकरण दिएका छन् । आजको कार्यक्रममा हामीले आरोपितका आरोप र भण्डारीको 'प्रतिवाद' प्रस्तुत गरेका छौं ।  हेर्नुहोस् भिडियो : 
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal