×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्पर्स लघुवित्त वित्तीय संस्थाले गर्यो १३% बोनस सेयर दिने घोषणा !

काठमाडौं – स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लांभाश दिने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ५०औँ बैठकले १३% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कर प्रयोजनका लागि ०.६८% नगद दिने भएको छ ।
संस्थाले १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस र कर तिर्न भने ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद वितरण गर्नेछ । यस लघुवित्तको चुक्ता पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: