×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद जारी गर्न भदौ २० गते (सोमबार)देखि बुकक्लोज गर्ने भएको छ । सिर्जना फाइनान्सले १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न भएको छ । उक्त हकप्रद असोज १७ गतेदेखि  कार्तिक २१ गते सम्म निष्काशन गर्ने भएको छ।  

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट यस हकप्रदमा आवेदन दिन सकिनेछ । सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट पनि फारम पाइनेछ ।

यस्तै, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने सिर्जनाको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: