×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – सनराइज बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डसंग अनुमति मागेको हो । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ८ वर्ष अवधिको ‘१०% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: