×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिलिभरले प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा पठाउने !

काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफा सेयरधनीको खातामा पठाई दिने भएको छ । कम्पनीले प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा पठाई दिने भएको हो । उक्त लाभांश सेयरधनीको खातामा कहिलेदेखि पठाउने भनेर कम्पनीले उल्लेख गरिएको छैन। 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: