×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ वर्ष भित्र तीन देशले नेपाललाई ११ अर्व ४० करोड अनुदान दिने ! (भिडियो रिपोर्ट)

काठमाडौं । यूरोपियन युनियनमा आवद्ध ३ वटा देशले नेपाललाई करिव ११ अर्व ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन । 

नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदुत लास्से जोहाननेशेन र बेलायतका अन्तराष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सम्झदारी पत्रमा सो रकम नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन र सार्वजनिक सेवामा सुधार ल्याउने कार्यक्रममा खर्च हुने भनिएको छ । सहसचिव नेपालले सो रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने पनि समझदारीमा उल्लेख गरिएको बताउनु भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सो समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीन वटै तहमा देखिएको असमझदारी हटाउन पनि सो अनुदान सहायताले सघाउ पु¥याउने विश्वास गरिएको छ ।हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: