×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्छ : अर्थमन्त्री खतिवडा


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताउनु भएको छ ।
अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि पर्यटन र कृषि क्षेत्रको विकासमा सरकार केन्द्रित रहेको पनि बताउनु भयो । विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गरिवी निवारणको क्षेत्रमा पनि पर्यटन क्षेत्रले अरु क्षेत्रले भन्दा धेरै राम्रो काम गर्ने पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि नेपालको सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि तीव्रता दिएको बताउनु भयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: