×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दोस्रो बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । कर्मचारी सञ्चय कोष ५७ वर्ष पूरा गरी ५८औँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई लगानी गर्ने अहिले उपयुक्त समय रहेको बताएका हुन् ।
यस्तै अर्थमन्त्री खतिवडाले नेपालका सार्वजनिक कोषहरुको रकम पूँजीबजारमा लगानी गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनले दोस्रो बजारका लगानीकर्ताको मनोबल कमजोर रहेको स्वीकार्दै बैंक, वित्तीय संस्था तथा सार्वजनिक सस्थानहरुमा लगानी गरेर लगानीकर्ताको मनोबल उकास्ने काम गर्न सार्वजनिक कोषहरुलाइ आग्रह समेत गरे ।
साथै कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार सुधारका लागि भविष्यमा विश्वासिलो काम गर्न समेत निर्देशन दिएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: