×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई (भिडियो रिपोर्ट)

काठमाडौँ  । सरकारले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ दिने निर्णय गरेको हो । सो परियोजनालाई अघि बढाउन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल परियोजनाको विकास गर्ने कामको जिम्मेवारी जापानको जुरिच ईन्टरनेशनल एयरपोर्टलाई दिने निर्णय पनि गरेको छ । सो परियोजनाको विकास प्रतिवेदन ४५ दिन भित्र पेश गर्ने गरी सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिइएको पनि बोर्डले जनाएको छ ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन, भारत, जे पावर, जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिष्ट पनि तय गरेको छ । ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: